बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?


२१ फाल्गुन २०७९, आईतवार
Gold 2

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुन तोलामा ३०० रुपैयाँ बढेको छ ।

आज सुन तोलाको एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार तोलाको एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदी तोलाको एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७