ओखलढुंगामा दम्पती रुखमा झुण्डिएको अवस्थामा मृत्त फेला


२२ फाल्गुन २०७९, सोमबार
death
सांकेतिक तस्वीर

ओखलढुंगा । ओखलढुंगामा एक वृद्वा दम्पती रूखमा झुण्डिएको अवस्थामा मृत्त फेला परेका छन् । जिल्लाको मोलुङ गाउँपालिका– २ लामीडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षकी बेदुका दाहाल घर नजिकैको रूखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

घरबाट करिब दुई सय मिटर पूर्वमा फणिन्द्रबहादुर सार्कीको बारीमा खनिउको रूखमा श्रीमान् र करिब ४० मिटर पर सिरिसको रूखमा श्रीमती झुण्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिएका छन् ।

आत्महत्या वा हत्या के हो भन्ने विषयमा अनुसन्धान भइरहेको निरीक्षक दासले बताए । घटना शंकास्पद रहेको र दाहाल दम्पतीका छोराछोरी काठमाडौंमा रहेकाले परिवारका सदस्य आएपछि थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । दाहाल नेपाली कांग्रेसका नेता हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७