माओवादी घटकको निर्णय : २८ गते पत्रकार सम्मेलन, ३० गते संयुक्त अन्तरक्रिया


२६ फाल्गुन २०७९, शुक्रबार
mao ex1 1

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (शुक्रबार) बिहान बसेको माओवादी घटकहरूको संयुक्त वैठक सकिएको छ । बैठकले २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जानकारी दिएका छन् ।

mao ex2

बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजित बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी भएका थिए ।

mao ex

सर्वाेच्च अदालतमा यही फागुन २३ मा दर्ता द्वन्द्वकालीन दुईवटा मुद्दाले माओवादी धारका पार्टीलाई एकै ठाउँमा भेला गराएको हो । नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा माओवादी समाजवादी र माओवादी कम्युनिस्ट पार्टीले कार्यगत एकता गर्ने निर्णय यसअघि नै गरिसकेका छन् । विभिन्न समयमा टुटेका माओवादी घटकहरुबीच एकता प्रयास थालिएको हो । यसमा जोडिने पार्टीको संख्या अझै बढ्ने नेताहरु बताउँछन् ।

big

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७