काठमाडौंका ३२ मध्ये ११ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित, चार वटामा निर्विरोध नेतृत्व


५ चैत्र २०७९, आईतवार
tu election

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पसमा आज (आइतबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ ।

बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म मतदानको कार्यतालिका छ । त्रिविअन्तर्गत काठमाडौंका ३१ क्याम्पसबाट विद्यार्थीले नेतृत्व चयन गर्नेछन् । जसमध्ये आज १६ क्याम्पसमा मात्रै निर्वाचन हुनेछ । ११ क्याम्पसमा निर्वाचन स्थगित भएकोमा चार क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेको छ ।

बौद्ध बहुमुखी क्याम्पस, कान्तिपुर कलेज थली, सहयोगी बहुमुखी महाविद्यालय गोकर्ण र कैलाशकुट कलेज जयवागेश्वरीमा स्ववियु सदस्य निर्विरोध निर्वाचित भएका छन् । नेपाल कमर्श क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस र ग्रामिण आदर्श क्याम्पस मनमैजुमा तालाबन्दीका कारण अन्तिम समयमा निर्वाचन स्थगित भएको छ ।

सात क्याम्पसमा विभिन्न विवादका कारण मनोनयन नै दर्ता हुन पाएन । मनोनयन नै दर्ता नभएका पशुपति क्याम्पस चावहिल, आयुर्वेदिक क्याम्पस कीर्तिपुर, त्रिचन्द्र क्याम्पस घण्टाघर, विश्वभाषा, आरआर र बालमिकी क्याम्पस प्रदर्शनीमार्गमा मनोनयन दर्ता भएको छैन । यस्तै बानेश्वर बहुमुखी क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७