कांग्रेसको संसदीय दलको बैठक सुरू


५ चैत्र २०७९, आईतवार
congress samsadiya dal

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ । आइतबार संसद भवनस्थित ल्होत्ले हलमा बैठक सुरू भएको हो ।

संसदीय दलको बैठकमा संसदको बिजनेस र संसदमा प्रस्तुत हुन लागेका विधेयकहरुको बारेमा छलफल गर्ने बताइएको छ ।
आइतबार संसदमा ‘संवैधानिक परिषद् काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९’ र ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ प्रस्तुत हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७