गठबन्धन संस्कारमा अभ्यस्त हुनुको विकल्प छैन : देउवा


६ चैत्र २०७९, सोमबार
Deuwa samsad scaled

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको संस्कृतिको विकल्प नभएको बताएका छन् । आज (सोमबार) प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले भने, ‘मिश्रित निर्वाचन प्रणालीमा एक मात्र दलले प्रतिनिधिसभामा बहुमत ल्याउन सक्ने अवस्था छ । त्यसैले गठबन्धनको संकृतिलाई आत्मसात गर्नुपरेको छ । त्यसैले हामीले उठाएको गठबन्धनको संस्कारमा अभ्यस्त हुँदै जानुको विकल्प छैन ।’

यद्यपि मिश्रित निर्वाचन प्रणालीले समावेशी समाज निर्माण गर्ने उदेश्यलाई सार्थकम तुल्याएको उनको भनाइ थियो । ‘त्यसले सबैको प्रतिनिधित्व गरेको छ । राजनीतिक गठबन्धनहरु आत्मकेन्द्रित, स्वार्थ प्रेरित र क्षणिक अस्थिरता ल्याउने हुनु हुँदैन । देश र जनताको पक्षमा संविधानको रक्षा, विकास तथा अमन चयनमा केन्द्रत हुनुपर्छ ।’ पुस ३६ गते पनि संविधानको रक्षा र स्थिरिताका लागि सरकारलाई विश्वासको मत दिएको भन्दै अहिले पनि त्यसको पक्षमा उभिने उनले बताए ।

सभापति शेरबहादुर देउवाले राष्ट्रिय सरोकारका साझा विषयमा सहमतिका साथ अघि बढ्नु पर्नेमा जोड दिएका छन् । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले भने विश्वासको मत दिने र सरकारमा पनि जाने पार्टीको निर्णय सुनाए ।

सरकारमा रहेका र प्रतिपक्षमा रहेका दलहरुबीच राष्ट्रिय सरोकारका साझा विषयमा सहमतिका साथ अघि बढ्नुपर्ने बताए । उनले अघि भने, ‘कतिपय राष्ट्रिय सरोकारका विषय छन्, जसमा सबैले साझा धारणा निर्माण गर्न आवश्यक छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७