रास्वपा प्रवक्ता भन्छन्, ‘तनहुँ–१ मा स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउन कुरा हुँदैछ’


१६ चैत्र २०७९, बिहीबार
238 Shares
mukul dhakal

काठमाडौं । आसन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ क्षेत्र नम्बर–१ मा अर्थविद् डा. स्वर्णिम वाग्लेले प्रतिस्पर्धा गर्ने चर्चा शुरु भएको छ ।

रास्वपाले डा. वाग्लेसँग कुराकानी भइसकेको पुष्टि गरेको छ । डा. वाग्लेले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
‘तनहुँ–१ मा चुनाव लड्ने विषयमा डा. स्वर्णिम वाग्लेसँग कुराकानी भएको छ’, रास्वपाका महामन्त्री डा. मुकुल ढकालले भने, ‘निर्णय गर्न हाम्रो निश्चित प्रक्रिया छ । त्यसैले अहिले नै उहाँ उम्मेदवार हो वा होइन भनेर भन्न सकिँदैन ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

डा. वाग्लेले निर्वाचनमा प्रतिस्पर्धा गर्ने इच्छा देखाएको कि तपाईंहरूको आग्रह स्वीकार गर्नुभएको भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन् । ‘अहिले हाम्रो कुराकानी भएको हो । हामीले निर्णय गरेपछि तपाईंहरूले औपचारिक रूपमा थाहा पाउनु हुनेछ’, महामन्त्री ढकालले थपे, ‘अहिले नै ठोस जावाफ छैन ।’

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७