एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना


१७ चैत्र २०७९, शुक्रबार
prachanda photo
फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरेका छन् । आज (शुक्रबार) बाट सुरु हुने एसईई परीक्षामा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै प्रधानमन्त्री प्रचण्डले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन अपिल गरेका छन् ।

एक सन्देश जारी गर्दै उनले विद्यार्थीको उज्ज्वल भविष्यका कामना गर्दै परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ–आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा अपिल पनि गरेका हुन् ।

‘आजदेखि सुुरू हुने माध्यमिक शिक्षा परीक्षा एसर्ईईमा सहभागी हुनु हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको उज्जवल भविष्यको कामना गर्दछु। एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ(आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा हार्दिक अपील गर्दछु’, प्रधानमन्त्री प्रचण्डले भनेका छन् । एसईईमा यस वर्ष नियमित र ग्रेड वृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७