सातदोबाटोलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लियो


२१ चैत्र २०७९, मंगलवार
football

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आज (मंगलबार) को खेलमा सातदोबाटो युथ क्लबविरुद्ध २–१ को जित निकाल्दै जावलाखेल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

जितसँगै जावलाखेलले लिगमा ६ खेलबाट १३ अंक जोडेको छ । जुन दोस्रो स्थानको चर्च ब्वाइज युनाइटेडभन्दा एक अंक धेरै हो । समान खेलबाट १२ अंक जोडेको सातदोबाटो तालिकाको तेस्रो स्थानमा छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा जावलाखेललाई जित दिलाउन फोडे फोफाना र एकोटो सिनोस मासोअबीले गोल गरे । सातदोबाटोका दीपकराज सिंह ठकुरीले गोल फर्काए पनि टिमको हार जोगाउन सकेनन् ।

खेलको ४३औँ मिनेटमा फोफानाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । ५०औँ मिनेटमा मोसाओबीले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे । यस्तै, खेलको ७५औं मिनेटमा सातदोबाटोका दीपकले गोल गर्दै जावलाखेलको अग्रतालाई २–१ मा झारे पनि टिमको हार भने टार्न सकेनन् । लिगमा जावलाखेलको यो चौथो जित हो । जावलाखेलले ६ खेलमध्ये चारमा जित निकाल्दा समान एक खेलमा बराबरी र हारको नतिजा आत्मसात गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७