‘बालेनको अभिव्यक्ति समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास’


२५ चैत्र २०७९, शनिबार
shankar pokhrel balen

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज (शनिबार) बिहान सरकार र नेताहरूप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिमा नेकपा एमाले महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत नै आपत्ति जनाएका हुन् । पोखरेलले बालेको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैलाने नियोजित प्रयास गरेको संकेत मिलेको बताएका छन् ।

जिम्मेवारी सम्हालेर बसेका व्यक्ति जिम्मेवार र जवाफदेही बन्नुपर्ने उनले बताएका छन् । ‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ । जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ,’ उनले लेखेका छन् ।

आज बिहान मेयर शाहले सामाजिक सञ्जालमार्फत सिंहदरबारको फोहोर नउठाउने र नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने बताएका थिए । यसप्रति आपत्ति जनाउँदै एमाले महासचिव पोखरेलले जिम्मेवार बन्न मेयर शाहलाई आग्रह गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७