ब्याजदर घट्ने निर्णयसँगै शेयर बजार ९२ अंकले बढेर हरियाली


२९ चैत्र २०७९, बुधबार
share

काठमाडौं । शेयर बजार आज (बुधबार) उच्च अंकले बढेर हरियो भएको छ । ब्याजदर घटाउने बैंकर्स सङ्घको निर्णय र आर्थिक क्षेत्र सुधारका लागि सरकारको सक्रियताका कारण शेयर बजार उच्च अङ्कले उकालो लागेको हो ।

नेप्से आज ९२ दशमलव २२ अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ५५ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा जलविद्युत्, होटल, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज बजारसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । दुई सय ६७ वटा कम्पनीका ६१ लाख सात हजार कित्ता शेयर एक अर्ब ९७ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर ११ करोड ७१ लाख रुपैयाँमा कारोबार भयो ।

आज आदर्श लघुवित्त, गणपति लघुवित्त, खप्तड लघुवित्त र कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ । यस्तै १० वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरेले उकालो लागेको छ । कारोबार भएका सबै कम्पनीको शेयर बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७