शेयर बजार १५ अंकले बढ्यो


६ बैशाख २०८०, बुधबार
share Up.

काठमाडौँ । शेयर बजार आज (बुधबार) बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव १४ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १३ विन्दुमा पुगेको छ ।

आज म्युचुल फन्डबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय ७३ वटा कम्पनीका २५ लाख ७९ हजार कित्ता शेयर ८७ करोड २१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेड, मोलुङखोला हाइड्रो र गुराँस लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै आदर्श लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७