एलन मस्कको स्टारशिप रकेट परीक्षणको क्रममा विष्फोट


८ बैशाख २०८०, शुक्रबार
SpaceX rocket

काठमाडौं । अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट परीक्षण उडानका क्रममा विष्फोट भएको छ ।
हालसम्मको सबैभन्दा शक्तिशाली भनिएको स्टारशिप रकेट टेक्ससको परीक्षण केन्द्रबाट उडेको केही मिनेटमै आकाशमै विष्फोट भएको हो ।

यो यान अन्तरीक्ष यात्रीहरुलाई चन्द्रमा, मंगल ग्रह र अरु यस्तै प्रकारका लामो अन्तरीक्ष अभियानमा लैजाने उद्देश्यले बनाइएको थियो । एलन मस्कको यो महात्वाकांक्षी परियोजना थियो । उडेको तीन मिनेटपछि नै स्टारशिप रकेटको क्याप्सुलको फस्ट स्टेज रकेट बुस्टरबाट अलग हुनुपर्नेमा भएको थिएन । त्यसपछि रकेट बिस्फोट भएर परीक्षण उडान असफल भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७