बारा–२ का एमाले उम्मेदवार पौडेलको आरोप : मतदातालाई किन्ने प्रयास भयो


१० बैशाख २०८०, आईतवार
Purusotam Paudel Bara2023 04 23 10 52 55

बारा । बारा–२ मा नेकपा एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले मतदातालाई प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् । सञ्चाकर्मीसँग प्रतिक्रिया दिँदै उनले आफूले बिभिन्न स्थानमा यस्तो प्रयास भएको जानकारी आएको बताएका छन् ।

तर, मतदाताले एमालेलाई मत दिने उनको दाबी छ । ‘मतदानको ट्रेन्ड हेर्दा एमालेको पक्षमा मतदान हुने देखिन्छ । केहि स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचना समेत आएको छ । पैसाले यति हुँदाहुँदै पनि जनताले हामीलाई विश्वास गरेर मत दिन्छन्,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७