झापामा एमाले अध्यक्ष ओलीविरुद्ध ढुंगामुढा : एक जना पक्राउ

एमाले प्रमुख सचेतक गिरीले भने–सत्ता पक्षकै कार्यकर्ता संलग्न


१३ बैशाख २०८०, बुधबार
kp oli 3

झापा । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापामा आयोजित कार्यक्रममा जाँदै गर्दा ढुंगा प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सो क्रममा दुई जना प्रहरी घाइते भएका थिए ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीलाई आक्रमण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको संसदलाई जानकारी गराएका छन् । एमाले अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास भएको प्रमुख सचेतक पदम गिरीले बताएपछि जवाफमा गृहमन्त्री श्रेष्ठले उश्रृंखल गतिविधि गर्नेलाई नियन्त्रणमा लिइएको बताएका हुन् ।

प्रतिनिधि सभामा बोल्दै एमाले प्रमुख सचेतक गिरीले पार्टी अध्यक्ष ओली कार्यक्रमतर्फ जाँदा आक्रमणको प्रयास भएको बताए । गिरीले भने, ‘काठमाडौंबाट झापातर्फ जाँदै गर्दा कार्यक्रमस्थल जाने क्रममा बाहिरपट्टी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बाहिरबाट होहल्ला गर्ने गतिविधि भयो । कार्यक्रम बिथोल्न अवााञ्छित गतिविधि भयो । शान्ति भंग गराउने काम भयो ।’

‘हामीले लडेर यो मुलुकमा लोकतन्त्र ल्यायौँ । यति ठूलो परिवर्तन हाम्रै नेतृत्वमा हामीले गर्‍यौं । तर आज नेकपा एमालेको एउटा कार्यक्रममा सहभागी हुन जाँदै गर्दा एमालेको नेतृत्वमाथि ढुंगामुढा गर्ने कोशिस गरिएको छ’, उनले भने, ‘अनेकौँ ढंगले कार्यक्रम भाँड्ने कोशिस गरिन्छ । अशान्ति पैदा गर्ने कोशिस गरिन्छ । त्यसमा सत्तापक्षकै कार्यकर्ताहरु घुसपैठ गरिएको छ । मुलुकमा शान्ति स्थापना गर्ने दायित्व सत्ता पक्षको हो कि होइन ? त्यो जिम्मेवार हुनुपर्छ कि पर्दैन ? हामी प्रतिपक्षमा बसेर अन्याय सहन गर्नुपर्ने कुनै कारण छैन ।’ प्रमुख सचेतक गिरीले प्रमुख प्रतिपक्ष जस्तो पार्टीलाई जिस्क्याउने काम नगर्न पनि सत्तारुढ दल र सरकारलाई सचेत गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७