मिटरब्याजको समस्या सदालाई अन्त्य गर्नुपर्छ : डा. भट्टराई


१८ बैशाख २०८०, सोमबार
Baburam

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटर ब्याजपीडितले अघि सारेका मागका विषयमा सरकारसँग छलफल गर्ने बताएका छन् । आज (सोमबार) काठमाडौंको शान्तिबाटीकामा मिटर ब्याजपीडितसँग कुराकानी गर्दै भट्टराईले उनीहरुले अघि सारेका मागहरू जायज भएकाले यस विषयमा सरकारसँग छलफल गर्ने बताए ।

बाध्यतामा परी ऋण लिएका किसानको घरखेत नै बेच्नु पर्ने गरी सुदखोरले असुली गर्ने काम सदाका लागि बन्द हुनुपर्ने उनले बताएका छन् । भट्टराईले मिटरब्याजीसम्बन्धी सरकारले गठन गरेको आयोगको कार्यदेशलाई बलियो बनाउनुपर्ने मिटर ब्याजपीडितको माग जायज भएको धारणा राखे । जाली तमसुकका कारण मुद्दा खेप्न बाध्य भएकाले अहिलेलाई मुद्दाहरू स्थगित गराउँदै जाली तमसुक आयोगलाई बुझाउने र जाँचबुझ गरेर मात्रै हल गर्ने विषयमा सरकारसँग कुरा गर्ने उनले बताएका छन् ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष विभिन्न ६ बुँदे माग राख्दै आएको छ । चक्रवृति तथा मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगायतमा माग राख्दै पीडितले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७