शीर्ष स्थानको जावलाखेल पुछारको खुमलटारसँग पराजित


२२ बैशाख २०८०, शुक्रबार
jawalakhel vs khumaltar FbHloYHRzR

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लबलाई पुछारको खुमलटार एफसीले पराजित गरेको छ ।

एन्फा कम्प्लक्सको मैदान सातदोबाटोमा भएको खेलमा खुमलटारले जावलाखेललाई ४–२ गोलले हराएको हो । खुमलटारका लागि स्टेफेन समिरले ह्याट्रिक गरे भने मेसुके ओलामाउले १ गोल गरे । खुमलटारकै रोहित सुब्बाले एक आत्मघाती गोल गरे भने जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए ।

आजको जितसँगै खुमलटार १७ अङ्कसहित तालिकाको ११ औँ स्थानमा पुगेको छ । २४ अङ्क रहेको जावलाखेल शीर्ष स्थानमा कायमै छ । लिगमा अहिले हिमालयन शेर्पा र नेपाल पुलिस क्लबबीच खेल भइरहेको छ । हिमालयन शेर्पा १७ अङ्कसहित दशौँ स्थानमा र पुलिस १५ अङ्कसहित १२ औँ स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७