‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै


२३ बैशाख २०८०, शनिबार
football
सांकेतिक तस्वीर

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (शनिबार) तीन खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा सातदोबाटो युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबसँग खेल्ने छ ।

सातदोबाटो सातौं र मनाङ छैटौं जितको योजनामा हुनेछन् । सातदोबाटो २२ अंक जोडेर चौंथो स्थानमा रहँदा मनाङ १८ अंक जोडेर नवौं स्थानमा रहेको छ । यस्तै, शनिबार दिउँसो ३ बजे नै च्यासल मैदानमा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

चर्च ब्वाइज सातौं तथा एनआरटी पाँचौं जितको खोजीमा हुनेछ । चर्च ब्वाइज २४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने एनआरटी १७ अंक जोडेर १० औं स्थानमा रहेको छ । यसैगरी, साँझ ६ बजे नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार छैटौं तथा फ्रेन्ड्स पाँचौं जितको योजनामा हुनेछ । थ्री स्टार २३ अंक जोडेर तेस्रो स्थानमा रहँदा फ्रेन्ड्स १५ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७