सत्ता गठबन्धनले माग्यो अधिवक्ताहरुसँग नागरिकता विधेयकबारे सुझाव


२३ बैशाख २०८०, शनिबार
gathbandan nepal bar

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले नेपाल बार एशोसियसनका प्रतिनिधि तथा अधिवक्ताहरूसँग छलफल गर्दै सुझाव माग गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (शनिबार) दिउँसो सत्ता गठबन्धनका शीर्ष नेताहरूले अभिवक्ताहरूसँग छलफल गरेका हुन् ।

nepal bar satta gathbandan aGyYSFOTYU

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायतका गठबन्धनका शीर्ष नेताहरूको उपस्थिति थियो । नेपाल बार एशोसियसनकी महासचिव अञ्जिता खनालले नागरिकता विधेयकको विषयमा पनि छलफल भएको जनाइन् ।

संसदबाट एक पटक सकारात्मक तरिकाबाट गइसकेको विधेयक भएका कारणले सकारात्मक कुराकानी भएको उनले जानकारी दिइन् । संविधानको इस्युलाई अघि बढाउने सन्दर्भमा लिगल्ली के छ भन्ने विषयमा दृष्टिकोण मागिएको जानकारी दिंदै उनले भनिन्, ‘हामी बारका प्रतिनिधिले यसबारे सुझाव दियौं,’ उनले सुनाइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७