रियलले जित्यो कोपा डेल रेको उपाधि


२४ बैशाख २०८०, आईतवार
kopa

काठमाडौं । रोड्रिगोको दुई गोलको मद्दतले रियल म्याड्रिडले शनिबार ओसासुनालाई फाइनलमा २–१ ले पराजित गर्दै कोपा डेल रेको उपाधि जितेको छ । रियलले नौ वर्षको लामो प्रतीक्षापछि स्पेनी कप जितेको हो । समग्रमा उसले यो उपाधि जितेको २० पल्ट हो ।

ओसासुनाले अहिलेसम्म क्लब इतिहासमै कुनै ठूलो उपाधि जितेको छैन र यसपल्ट पनि कार्लो एन्सेलोटीको टिम सामु उसको चुनौती बलियो रहन सकेन । रोड्रिगोले दोस्रो मिनेटमा गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए ।

क्लब इतिहासमै दोस्रोपल्ट फाइनल खेलिरहेको ओसासुनाका लागि लुकास टोरोले बराबरी गोल फर्काए । तर खेलको ७० औं मिनेटमा रोड्रिगोले गरेको दोस्रो गोल निर्णायक रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७