इङलिस प्रिमियर लिग फुटबल : म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी विजयी


२४ बैशाख २०८०, आईतवार
man city lF6oddXbHn

काठमाडौँ । इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी विजयी भएका छन् । गए राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहले खेलको १३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै लिभरपुलले ३५ खेलमा ६२ अङ्क जोडेको छ । लिभरपुल पाँचौं स्थानमा रहेको छ । अर्को खेलमा चेल्सीले बर्नमाउथलाई ३–१ गोलले हराएको हो । चेल्सीका कोनर गल्लाघर, बेनोइट बाडियाशिले र जोआ फेलिक्सले गोल गरे ।

बर्नमाउथका माथियास भिनाले एक गोल फर्काए । जितसँगै चेल्सीले ३४ खेलमा ४२ अङ्क जोडेको छ । चेल्सी ११ औँ स्थानमा रहेको छ । प्रिमियर लिगकै अर्को खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले लिड्स युनाईटेडलाई २–१ गोलले हराएको हो ।

सिटीको जितमा इल्के गुन्डोगानले दुई गोल गरे । लिड्सका रोड्रिगो मोरेनोले एक गोल फर्काए । जितसँगै सिटीको ३४ खेलमा ८२ अङ्क भएको छ । अरु खेलमा टोटनहमले क्रिस्टल प्यालेसलाई र उल्भ्सले एस्टन भिल्लालाई १–० ले हराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७