न्युक्यासल र म्यानचेस्टर युनाइटेड पराजित


२५ बैशाख २०८०, सोमबार
0 GettyImages 1245968052 OdZJk1hCpC

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले न्युक्यासललाई हराएको छ । गए राति भएको खेलमा आर्सनलले न्युक्यासललाई २–० गोल अन्तरले हराएको हो । आर्सनलका लागि खेलको १४ औँ मिनेटमा मार्टिन ओडेगार्डले एक गोल गरे ।

यस्तै खेलको ७१ औँ मिनेटमा न्युक्यासलका फाबियन स्कारले आत्मघाती गोल गरे । जितसहित आर्सनलले प्रिमियर लिगको उपाधि होडमा आफूलाई कायम राखेको छ । आर्सनलले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँगको दूरी एक अङ्कमा झारेको छ ।
शीर्ष स्थानको सिटीको ८२ अङ्क छ भने आर्सनलको ८१ अङ्क छ । न्युक्यासल भने तेस्रो स्थानमा छ । उसको ६५ अङ्क छ ।

यस्तै, प्रिमियर लिग अन्तर्गत नै गए राति भएको खेलमा म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामसँग पराजित भएको छ । वेस्टह्यामका सैद बेनरमाले खेलको २७औँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । युनाइटेड ६३ अङ्कसहित तालिकाको चौथो स्थानमा छ भने वेस्टह्याम ३७ अङ्कसहित १५ औँ स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७