पाकिस्तानी पूर्व प्रधानमन्त्री खान पक्राउ


२६ बैशाख २०८०, मंगलवार
imran khan

काठमाडौं । पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । इस्लामाबाद उच्च अदालतब ाहिरबाट खानलाई प्रहरीले पक्राउ गरेको बिबिसीले जनाएको छ ।

Imran.jpg .2023 05 09

दर्जनौँ प्रहरीले खानलाई घेरा हालेर गाडीमा राखेको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनेको छ । खानलाई अपराधीलाई जसरी लछारपछार पारेर पक्राउ गरेको भन्दै उनको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पिटिआई) ले आपत्ति जनाएको छ । पिटिआईका अनुसार उनलाई कुन मुद्दामा हिरासतमा लिइएको हो भन्ने जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७