पोखरामा क्रेनको ठक्करबाट महिलाको मृत्यु


२९ बैशाख २०८०, शुक्रबार

पोखरा । पोखरामा क्रेनले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । बिहीवार हिजो दिउँसो क्रेनको ठक्करबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाचोकी ३८ वर्षीया धना अधिकारीको ज्यान गएको हो ।

पोखरा ५ मालेपाटनमा रहेको विद्युत् कार्यालय अगाडिको सडकबाट बाटो पार गर्ने क्रममा उनलाई क्रेनले ठक्कर दिएको थियो । अधिकारीको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आज ज्यान गएको हो । मृतक अधिकारीका आफन्तले आज झण्डै ३ घण्टा पृथ्वीचोक–महेन्द्रपुल सडक अवरुद्ध पारेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७