पञ्जाबले दिल्लीलाई हरायो : प्रभसिमरनको शतक


३१ बैशाख २०८०, आईतवार
file7q6sdwpuf5zx2fmej7e 1 1218539

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले दिल्ली क्यापिटल्सलाई ३१ रनले पराजित गरेको छ । जितसँगै तालिकाको छैटौँ स्थानमा उक्लिएको पञ्जाबले प्लेअफको सम्भावना कायमै राखेको छ ।

पञ्जाबले दिएको १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्रै बनायो । दिल्लीका डेबिड वार्नरले ५४ रन बनाए । फिलिप साल्टले २१ रन जोडे । पञ्जाबका हरप्रित ब्रारले ४ विकेट लिए ।

राहुल चाहर र नाथन एलिसले समान २-२ विकेट लिए । त्यसअघि दिल्लीमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । पञ्जाबका प्रभसिमरन सिंहले १ सय ३ रनको शतकीय पारी खेले ।

आईपीएल क्रिकेटमा सिंहको यो पहिलो शतक पनि हो । साम करनले २० रन जोडे । दिल्लीका इशान्त शर्माले २ तथा प्रविन दुवे, अक्षर पटेल, कुलदीप यादव र मुकेश कुमारले समान १-१ विकेट लिए ।

जितसँगै बाह्र खेलमा १२ अंकका साथ पञ्जाब लिगको छैटौँ स्थानमा उक्लिएको छ । समान १२ खेलमा ८ अङ्क रहेको दिल्ली पुछारमा कायमै छ । हिजो भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७