गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी, वागमतीको न्यून


२ जेष्ठ २०८०, मंगलवार
aarthik 1

काठमाडौँ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने प्रारम्भिक अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज (मंगलबार) सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को प्रादेशिक लेखा अनुमान प्रतिवेदनले गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ३.२६ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

संशोधित अनुमान अनुसार गत आर्थिक वर्षमा पनि गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ६.३५ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा वाग्मती प्रदेशको आर्थिक वृद्धिदर भने सबैभन्दा कम १.४४ प्रतिशत रहने अनुमान गरिएको छ ।

यस्तै, चालु आर्थिक वर्षमा कोशी प्रदेशको आर्थिक वृद्धिदर २ प्रतिशत, मधेस प्रदेशको १.६९ प्रतिशत, लुम्बिनीको २.०६ प्रतिशत, कर्णाली प्रदेशको १.९१ र सुदूरपश्चिम प्रदेशको १.७८ प्रतिशत वृद्धि हुने तथ्यांक कार्यालयको प्रक्षेपण छ । गत आर्थिक वर्षको तुलनामा सातै प्रदेशको आर्थिक वृद्धिदरमा संकुचन आउने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७