डा. प्रशन्ना शाह मृत्यु प्रकरण : दुई जना पक्राउ


६ जेष्ठ २०८०, शनिबार
prashanna16845795801684585279

धनगढी । धनगढीकी डा. प्रसन्ना शाह मृत्यु प्रकरणको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा. प्रसन्ना शाह बिहीबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन् ।

शुक्रबार मृतक शाहका परिवारले दुई जनाविरूद्ध किटानी जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दा दर्ता गरेर दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ ।

धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डा. सन्दीप भट्टराई र धनगढीकै विकल केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७