मुम्बई आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा, लखनउ पराजित


११ जेष्ठ २०८०, बिहीबार
mi z1Gmr3ZAKQ

काठमाडौँ । लखनउ सुपर जायन्ट्सलाई हराउँदै मुम्बई ईण्डियन्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । गए राति चेन्नईमा भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनले विजयी भयो ।

मुम्बईले दिएको १८३ रनको लक्ष्य पछ्याएको लखनउ १६ ओभर ३ बलमा १०१ रनमा समेटियो । लखनउका मार्कुस स्टोयनिसले सर्वाधिक ४० रन बनाए । लखनउका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

मुम्बईका आकाश मधवालले ३ ओभर ३ बलमा ५ रन खर्चिएर ५ विकेट लिए । क्रिस जोर्डन र पीयुष चावलाले समान १÷१ विकेट लिए । लखनउका तीन जना खेलाडी रन आउट भएका थिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएको थियो ।

मुम्बईका क्यामरन ग्रीनले सर्वाधिक ४१ रन बनाए । त्यस्तै सूर्यकुमार यादवले ३३ र तिलक बर्माले २६ रन जोडे । लखनउका नविन उल हकले ४ विकेट लिए । यश ठाकुरले ३ र मोहसिन खानले एक विकेट लिए ।

दोस्रो क्वालिफायरमा भोलि मुम्बई र गुजरात टाइटन्सबिच फाइनल पुग्न खेल हुनेछ । पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै चेन्नई सुपर किंग्स फाइनलमा पुगिसकेको छ । फाइनल खेल आइतवार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७