म्यानचेस्टर युनाइटेडले चेल्सीलाई ४–१ गोलले हरायो


१२ जेष्ठ २०८०, शुक्रबार
thumb 10

काठमाडौं । म्यानचेस्टर युनाइटेडले बिहीबार इङलिस प्रिमियर लिगमा चेल्सीलाई सजिलै ४–१ ले हराउँदै अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि छनोट भएको छ ।

युनाइटेडका लागि कासेमिरो, एन्थोनी मार्टिएल, ब्रुनो फर्नान्डेस र मार्कस रसफोर्डले गोल गरे । यो जितपछि युनाइटेड लिग अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । अर्कोतर्फ व्यवस्थापकका रूपमा फ्रायन्क लाम्पार्ड फर्केयता चेल्सी १० खेलमध्ये आठौंमा पराजित रह्यो ।

एरिक टेन हाग व्यवस्थापकका रूपमा युनाइटेडमा आएयता भने क्लबको प्रदर्शन उच्च रहेको छ । यसै क्रममा युनाइटेडले प्रिमियर लिगको शीर्ष चारमा मात्र स्थान बनाएको छैन, लिगकप पनि जितेको छ । उसले अब एफएपको फाइनलमा म्यानचेस्टर सिटीको सामना गर्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७