प्रधानमन्त्रीको भारत भ्रमणअघि नेपाल आउँदै चिनियाँ नेताको टोली


१४ जेष्ठ २०८०, आईतवार
wang

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को सिचुवान प्रान्तका सचिव वाङ सियाओहुई नेपाल आउने भएका छन् । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङको निमन्त्रणामा सीपीसीका प्रान्तिय सचिव सियाओहुई मंगलबार नेपाल भ्रमणमा आउन लागेका हुन् ।

सियाओहुई सीपीसी केन्द्रीय सदस्य समेत हुन् । उनी यसअघि पार्टीको प्रोपोगान्डा विभागको उपप्रमुखको भूमिकामा थिए । उनी राष्ट्रपति सी जिनपिङको विश्वास पात्र मानिन्छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको तयारी भइरहेको बेला चिनियाँ पार्टीका सचिव नेपाल आउनुलाई अर्थपूर्ण रुपमा लिएको छ । आफ्नो भारत भ्रमणको तयारी गरिरहेका बेला प्रधानमन्त्री दाहालले आफ्ना विश्वासिला पात्र अग्नी सापकोटालाई यसअघि चीनको उच्चस्तरीय भ्रमणमा पठाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७