हेटौंडामा दुई छोरासहित आमाले विष खाइन्, एक छोराको गयो ज्यान


१८ जेष्ठ २०८०, बिहीबार
poison
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा एक महिलाले दुई छोरासहित आफूले पनि विष सेवन गरेर आत्महत्या प्रयास गरेकी छन् । विषका कारण एक नाबालकको ज्यान गएको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले बुधबार साँझ करिब ६ बजे ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पाख्रिनले प्यारा क्वाइट डाइक्लोराइड नामक झार मार्ने विषादी आफूसहित बच्चालाई खुवाएको खुलेको छ । विष सेवन गरेकी उनीसहित बालकहरूलाई उपचारका लागि बुधबार नै हेटौडा अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट उनीहरूलाई राति साढे ८ बजे चितवनको भरतपुर रिफर गरिएको थियो ।

गम्भीर रहेका नाबालक छोरा जेनिसको बिहीबार बिहान ७ः५० मा उपचारका क्रममा चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी वामदेव गौतमले जानकारी दिए । एसपी गौतमका अनुसार आमा र अर्का छोरा अस्किनको अवस्था पनि गम्भीर छ । उनीहरू दुवै जनाको आईसीयू कक्षमा उपचार भइरहेको छ । प्रारम्भिक घटना विवरण अनुसार आमाले नै बच्चालाई विषादी खुवाएर आफूले पनि खाएको पाइएको एसपी गौतमको भनाइ छ । तर, यो अवस्था किन आयो भन्ने नखुलेको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७