शरणार्थी प्रकरण : बालकृष्ण खाँणसहित तीन जनाको बयान सुरु


१९ जेष्ठ २०८०, शुक्रबार
Balkrishna1683710767

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित तीन जनाको बयान सुरु भएको छ ।

शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये पूर्वगृहमन्त्री खाँण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान लिन लागिएको हो । फरार रहेका महर्जनले हिजो बुधबार आत्मसमपर्ण गरेका थिए । आजबाट खाँण, रिजाल र महर्जनको बयान लिने कार्य सुरु भएको हो । उनीहरुले काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिनेछन् ।

यसअघि बिहीबार शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष समशेर मियाँसँग जिल्ला अदालतका न्यायाधीश न्यौपानेले बयान लिएका थिए । उनीहरुविरुद्ध ठगी, लिखत कीर्ते र राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७