संसदमा ओलीको कटाक्ष : प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी १५ वटा राँगा !

‘प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल नै मिलेन’


२२ जेष्ठ २०८०, सोमबार
Kp oli 2

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी १५ वटा राँगा भएको व्यंग्य गरेका छन् ।

आज (सोमबार) को प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो कटाक्ष गरेका हुन् । उनले प्रधानमन्त्रीले भारत भ्रमणमा नयाँ केही कुरा नभएको टिप्पणी गरेका हुन् । पञ्चेश्वर, पेट्रोलियम पाइप लाइन, इन्टिग्राटी चेकपोष्ट आफ्नै पालामा अघि बढेको दाबी गर्दै उनले पुरानै कुरा उद्घाटन गरेको बताए ।

साथै उनले भ्रमणमा भएका छलफलमा प्रोटोकलका आधारमा परराष्ट्रमन्त्री वा कूटनीतिक व्यक्ति हुनु पर्नेमा छोरी उपस्थित गराएको आपत्ति जनाए । उनले भारत भ्रमणमा प्रधानमन्त्रीले कमजोर प्रस्तुति गरेकोले मुलुकको शिर झुकेको आरोप लगाउँदै उनले ‘कम्फोटेबल’ खोजेको आरोप लगाए ।
‘प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल नै मिलेन’
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण प्रोटोकल नमिलेको टिप्पणी गरे ।
उनले छलफलमा प्रोटोकलका आधारमा परराष्ट्रमन्त्री वा कूटनीतिक व्यक्ति हुनुपर्नेमा छोरी उपस्थित गराएकामा आपत्ति जनाए । उनले भारत भ्रमणमा प्रधानमन्त्रीले कमजोर प्रस्तुति गरेकाले मुलुकको शिर झुकेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७