अर्थमन्त्रीलाई ‘शंकाको सुविधा’ दिन सकिन्छ : ओली

‘कसले गर्न खोजेको छ गाँजा खेती ?’


२३ जेष्ठ २०८०, मंगलवार
kp oli 4 1536x1025 1

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करको दर हेरफेरमा स्पष्टीकरण दिएका अर्थमन्त्रीलाई शंकाको सुविधा दिन सकिने बताएका छन् । अर्थमन्त्रीको जवाफपछि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा पहिलो सहभागी बनेका नेता ओलीले करका दरमा भने प्रश्न रहेको बताए ।

‘अर्थमन्त्रीले जवाफ दिनेक्रममा कसम खानु भएन । कसम खानेहरु बडा खतरनाक हुन्छन्’, ओलीले भने, ‘त्यसकारण अर्थ मन्त्रीज्यूलाई ‘बेनिफिट अफ डाउट’ दिन सकिन्छ ।’ उनले अर्थमन्त्रीको भनाइबाट त्यस्तो देखिए पनि करका दर हेर्दा भने शंका गर्न सकिने बताए । एक हजार १०० गाडी एक दिनअघि भित्रिएको भन्दै त्यसले शंका जन्माएको बताए ।
‘कसले गर्न खोजेको छ गाँजा खेती ?’
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेटमा गाँजा खेतीलाई प्राथमिकता दिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि आफ्नो धारणा राख्दै बजेटले कृषि क्षेत्रलाई प्राथमिकता नदिएको तर गाँजा खेतीलाई दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

बजेटमा धान फलाउने, गहुँ फलाउने, खाद्यन्नमा आत्मनिर्भरता बनाउने कुरा नरहेको ओलीले टिप्पणी गरे । ‘अचम्म लाग्छ, धान फलाउने आलु फलाउने, कृषि बढाउने, गहुँ फलाउने कुरा छैन । खाद्यान्न आत्मनिर्भरता बनाउने कुरा छैन । कसले गर्न खोजिरहेको छ यो गाँजा खेती ? कसका लागि गाँजा खेती ?,’ ओलीले प्रश्न गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७