खप्तड पुगेका प्रधानमन्त्रीको वाचा : अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउँछौं

प्रचण्ड शान्ति र क्रान्तिका नायक : योगगुरु रामदेव


२३ जेष्ठ २०८०, मंगलवार
Prachanda Khaptad 1 scaled

बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने आश्वासन दिएका छन् । आज (मंगलबार) देखि सुरु भएको तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो बाचा गरेका हुन् ।

उनले भने, ‘खप्तड आर्थिक विकासको केन्द्र र पर्यटन विकासको केन्द्र बन्छ । खप्तड क्षेत्रलाई पर्यटनमैत्री आध्यात्मिक केन्द्रको रूपमा विकास गर्छौ ।’ उनले खप्तड विकास कोष वा प्रतिष्ठान बनाउने विषयमा पनि छलफल गर्ने बताए । सुदूरपश्चिम प्रदेशको विकासको लागि आफू प्रतिबद्ध रहेको समेत उनको भनाइ थियो ।

सम्मेलनमा रामदेव, बालकृष्ण आचार्य, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रदेश प्रमुख देवराज जोशी, उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठलगायत उपस्थित छ । सम्मेलन २५ गतेसम्म चल्ने छ । यसैबीच आध्यात्मिक केन्द्र निर्माणका लागि लगानी गर्न योग गुरु रामदेव र आचार्य बालकृष्ण पनि इच्छुक रहेको बताइएको छ ।
प्रचण्ड शान्ति र क्रान्तिका नायक : योगगुरु रामदेव
भारतीय योगगुरु बाबा रामदेवले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ शान्ति र क्रान्तिका नायक भएको बताएका छन् । खप्तडमा आजदेखि सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा बोल्दै उनले प्रचण्ड वास्तविक कम्युनिस्ट भएको दाबी गरे । साथै उनले आफू निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्न चाहेको बताए । उनले भने, ‘निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्छु, तपाईंले गरेका हरेक काममा मेरो सहयोग हुन्छ ।’

ramdev

यस्तै, सम्मेलनमा भाग लिन रामदेवसँगै आएका आचार्य बालकृष्णले जीवनमा एक पटक खप्तड हेर्न जानुपर्ने बताए । प्रधानमन्त्रीसँगै पूर्व प्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, कांग्रेस नेता रमेश लेखक, एमाले नेता भीम रावलको उपस्थिति छ । सम्मेलन तीन दिनसम्म चल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७