महिनावारीको बेला यी ९ गल्ती गर्दै नगर्नुहोस्


२४ बैशाख २०७५, सोमबार
periodpain

एजेन्सी   । महिनावारी महिलाहरुमा हुने एक नियमित र प्राकृतिक प्रक्रिया हो । छुइहुने, परसर्ने, नछुने हुने, महिनावारी हुने, पिरियड वा मिन्स हुने आदि नामले यो प्रक्रियालाई जानिन्छ । करिब १२/१३ वर्षदेखि ४५ वर्षसम्मका महिलालाई हरेक महिना महिनावारी हुने गर्दछ । पाठेघरमा हुने विकारलाई रगतको माध्यमबाट बाहिर निकाली पाठेघरलाई सधैँ सुरक्षित राख्ने प्राकृतिक प्रक्रिया नै महिनावारी हो । महिनावारी हुँदा महिलाको तल्लो पेट दुख्ने समस्या हुन्छ । यो दुखाई कसैलाई बढी र कसैलाई कम भने हुन्छ । यो अवस्थामा महिलाको स्वास्थ्य निक्कै कमजोर र संवेदनशील बन्ने गर्दछ । त्यसैले करिब ४ दिन चल्ने यो प्रक्रियामा महिलाहरुले आफूलाई निक्कै हेरचाह गर्नुपर्ने हुन्छ ।periodpain

महिनावारी समयमै नभएको गुनासो गर्ने महिलाको सँख्या दिनानु दिन बढ्दै गएको छ । नियमित समयमा महिनावारी नहुनुको कारणमा हर्मोनको असन्तुलन एक कारण हो। शरीरमा हुने इन्ड्रोक्रााइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्दछ । यसरी उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड हुन्छ । कहिलेकाहिँ खानपानको कारणले पनि महिनावारी तलमाथि पर्न जान्छ । पोषणको अभावका कारण महिला कमजोर हुने गर्दछन् । त्यस्तै असाध्यै मोटाउँदा अथवा दुब्लाउदा शररीरमा महिनावारी गराउने तत्वको मात्रा घटबढ भई महिनावारीमा अनियमिता आउने गर्दछ । तनाव पनि महिनावारी गढबढीको कारणमध्यमै पर्छ । बढी तनाव भएको महिना महिनावारी तलमाथि पर्न सक्छ । परिक्षाको समयमा पनि किशोरीहरुको महिनावारीमा तलमाथि हुन सक्छ ।

महिनावारी भएको बेला के–के गर्नु हुँदैन  ?

१.  धेरै एक्सरसाइज नगर्ने
महिनावारी भएको बेला धेरै एक्सरसाइज गर्नु हुँदैन । कडा खालका एक्सरसाइजहरु जस्तैः जिम जाने, धेरै दौडिने, योग गर्ने, भारी सामानहरु उठाउने वा शारीरिक बल पर्ने खालका कुनै पनि काम गर्नु हुँदैन । यसो गर्दा शरीरको ब्लड प्रेसर बढ्न जान्छ । जसबाट रक्तश्राव ९ब्लिडिङ० बढ्न जान्छ । तर यो समयमा हल्का एक्सरसाइज भने गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

२. एउटै प्याड धेरै समय प्रयोग नगर्ने
महिनावारीको बेला आफूलाई सुरक्षित र सफा राख्नु जरुरी हुन्छ । त्यसका लागि प्याडको प्रयोग गर्छौँ जसले गर्दा शरीरका अन्य भाग, लुगा वा अन्य बस्ने ठाउँमा रगत नलागोस् । तर हाम्रो बानी के छ भने बिहान प्याड लगाएर निस्किएपछि एकै पटक बेलुका घर पुगेर मात्रै चेन्ज गर्ने । यो खराब बानी भएको चिकित्सकहरुले बताएका छन् । कम्तिमा पनि ३ वा ४ घण्टामा प्याड परिवर्तन गर्नै पर्ने हुन्छ । यसो नगर्दा व्याक्टेरियल इन्फेक्सनको खतरा रहन्छ । साथै सोही अवधिमा सफा पानी वा साबुन पानीले योनीलाई नियमित सफा पनि गरिरहनु पर्दछ ।

३.  व्रत नबस्ने
महिनावारीको बेला रक्तश्रावका कारण त्यसै पनि शरीर कमजोर भइरहेको हुन्छ । शरीरले आवश्यक मात्रामा भिटामिन र मिनरल्सको माग गरिरहेको हुन्छ । यही बेलामा व्रत वा उपवास बस्ने हो भने शरीरलाई गम्भीर असर पर्दछ । त्यसैले यो अवधिमा कहिले पनि भोको पेट बस्ने वा व्रत लिने गर्नु हुँदैन ।

४.  राती लामो समय नबस्ने
यो अवधिमा शरीरले धेरै भन्दा धेरै आराम खोजेको हुन्छ । त्यसैले पर्याप्त सुत्नु जरुरी हुन्छ । यो बेला करिब ८ घण्टा नियमित सुत्ने गर्नु पर्छ । राती धेरै बेर बस्ने, बिहान चाँडै उठ्ने गर्दा शरीरले आराम पाउँदैन र विभिन्न किसिमका समस्याहरु देखापर्दछन् जस्तै, टाउको दुख्ने, शरीर दुख्ने, पेट दुखाई बढ्ने आदि । त्यसैले यो अवधिमा पर्याप्त मात्रामा शरीरलाई आराम दिनु जरुरी छ ।

५. ज्यादा काम नगर्ने
यो अवधिमा शरीर कमजोर बन्ने गर्दछ । त्यसैबेला धेरै तनाव लिने, लामो समयसम्म काम गर्ने वा धेरै कठिन काम गर्ने गर्दा शरीरलाई गम्भीर असर पर्दछ । जसका कारण पेट बढी दुख्ने, कम्मर दुख्ने समस्या देखापर्न सक्छ ।

६.  केमिकल्सहरु प्रयोग नगर्ने
महिनावारीको बेला त्यसै पनि इन्फेक्सन बढ्ने खतरा रहन्छ । यो बेला अन्य कडा खालका केमिकल्सहरु प्रयोग गरेर योनी धुने वा दुखाईमा मालिस गर्ने गर्नु हुँदैन । जसले दुखाई र इन्फेक्सनको मात्रा झन बढाउँछ । त्यसैले यो बेला सफा पानी वा केमिकल्स रहित साधारण साबुनहरुको मात्रै प्रयोग गर्न सकिन्छ ।

७. फास्टफुड वा जङ्कफुड नखाने
यो बेला शरीरलाई अधिक मात्रामा भिटामिनको जरुरत पर्दछ । त्यसैले शरीरलाई आवश्यक पर्ने भिटामिन युक्त खाना मात्रै खाने गर्नु पर्दछ । सेन्डविच, पिज्जा, वर्गर, चिप्स, चाउचाउलगायतका फास्टफुड वा जङ्कफुड खायो भने शरीरले आवश्यक भिटामिन र मिनरल्स प्राप्त गर्न सक्दैन । जसका कारण शरीर कमजोर हुन्छ । यसबाट अन्य रोग लाग्ने खतरा पनि उत्तिकै रहन्छ ।

९. धेरै कफी नपिउने
महिनावारीको अवधिमा शरीरलाई बढी मात्रामा पानीको जरुरत पर्दछ । यो अवधिमा कफी धेरै पिउनाले शरीरलाई डिहाइड्रेट गरिदिन्छ । जसले गर्दा पेट दुखाईको मात्रा झन् बढ्न सक्छ । त्यसैले यो बेला कफी पिउनु हुँदैन ।

यसका साथै महिनावारीको अवधिमा बढी भन्दा बढी पानी पिउने, ताजा र भिटामिन युक्त खाना खाने, नियमित सफा सुग्घर रहने, दुखाइ कम गर्ने औषधि भरसक नखाने, धेरै तनावका काम नगर्ने वा तनाव नलिने गर्नु पर्दछ ।

१०. यौन सम्पर्क नगर्ने
महिनावारी भएको बेला यौन सम्पर्क गर्नु हुँदैन । महिलाको योनीबाट विकारयुक्त रगत बाहिर निस्किरहने भएकोले यो समयमा यौन सम्पर्क गर्नु हुँदैन । यसले इन्फेक्सनको खतरा हुन्छ भने अन्य रोग पनि लाग्ने प्रवल सम्भावना रहन्छ । साथै यो समयमा यौनसम्पर्क गर्दा पेटको दुखाई पनि बढ्न सक्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७