समाज रुपान्तरणको अभिभारा पूरा भइसकेको छैन : पूर्व राष्ट्रपति भण्डारी


१४ असार २०८०, बिहीबार
Bidhya Bhandari

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको अभिभारा पूरा भइनसकेको बताएकी छिन् । आज (बिहीबार) काठमाडौंमा मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

समाज रुपान्तरणको अभिभारा पूरा गर्न लामो यात्रा तय गर्न बाँकी रहेको उनको भनाइ छ । भण्डारीले जनताको जीवनमा सम्पूर्ण रुपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनाको दायित्व पूरा भइनसकेको बताइन् ।

‘जनताको जीवनमा सम्पूर्ण रुपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको जुन परिकल्पना छ, त्यसको दायित्व पूरा भइसकेको छैन । राजनीतिक रुपमा केही संरचनागत परिवर्तनहरु भएका छन्। तर नेपाली क्रान्ती सम्पन्न भइसकेको छैन । केवल शुरुवात भएको छ । यसमा पर्याप्त सुधार, परिवर्तन तथा रुपान्तरणका सम्भावनाहरु बाँकी नै छन्,’ उनले भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७