घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


१८ असार २०८०, सोमबार
Gold 2

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) पनि सुनको भाउ सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार रुपैयाँ तोकिएको छ ।

हिजो एक लाख १० हजार एक सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजोको जस्तै तोलामा एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७