मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड फेरि अवरुद्ध, तमोर करिडोर पनि बन्द


१९ असार २०८०, मंगलवार
badhi tamor

पाँचथर । हेवाखोलामा बाढी आएपछि मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्ड फेरि अवरुद्ध भएको छ । खोलामा हिजो मात्र डाइभर्सन बनाएर गाडी चलाउन थालिएको थियो । तर, हिजो बेलुकादेखि परेको भारी वर्षाका कारण फेरि बाढी आउँदा राजमार्ग अवरुद्ध भएको हो ।

गएको २ गते राति आएको बाढीका कारण हेवाखोलाको पुल बगेपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ खण्ड प्रायःअवरुद्ध छ । यसअघि पटक–पटक डाइभर्सन गरेर बाटो खुलाइए पनि खोला बढेर अवरुद्ध हुँदै आएको छ ।

यस्तै, अविरल वर्षासँगै आएको बाढीका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध भएका छन् । धनकुटा र पाँचथर जोड्ने नावा खोलासँगै धनकुटाको चौबिसे गाउँपालिकामा पर्ने छरुवा र सागुरीगडी गाउँपालिकामा पर्ने रगुवाखोलामा पानीको बहाव बढेकाले तमोर करिडोर पनि अवरुद्ध भएको हो । निर्माणाधीन तमोर करिडोरका तीनवटै खोलामा पुल बनेको छैन । नावाखोलामा पानीको सतह बढ्दा गाडी चल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डीएसपी) हरि खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७