बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


२४ असार २०८०, आईतवार
Gold 2

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ सात सय रुपैयाँले बढेको छ । आज तोलामा सुनको भाउ एक लाख ११ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

अस्ती सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७