अमेरिकाका विश्वविद्यालयभित्र प्यालेस्टाइनको पक्षमा प्रदर्शन जारी, झण्डै तीन सय विद्यार्थी पक्राउ


२० बैशाख २०८१, बिहीबार
us students 1200x560 1

काठमाडौं । अमेरिकाको कोलम्बिया यूनिभर्सिटी र द सिटी यूनिभर्सिटी अफ न्यूयोर्कका झण्डै ३ सय विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । युनिभर्सिटीभित्र छात्रछात्राहरूले गाजाको समर्थनमा प्रदर्शन गरेका कारण उनीहरूलाई नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ ।

न्यूयोर्कका मेयर एरिक एडम्सले शान्तिपूर्ण आन्दोलनको नाममा यूनिभर्सिटीभित्र तोडफोड गरेका कारण विद्यार्थीहरूलाई नियन्त्रणमा लिइएको बताए । विगत केही दिनदेखि अमेरिकाको विभिन्न विश्वविद्यालय र सहरहरूमा प्यालेस्टाइनको समर्थनमा प्रदर्शन हुँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७