सुदूरपश्चिमको बजेट मध्यरातमा पारित, एमाले र स्वतन्त्र सांसदको बहिष्कार


३१ असार २०८०, आईतवार
sudur

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । गए राति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०–८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो ।

प्रदेशसभा बैठकले आर्थिक वर्ष २०८०–८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन, २०८० बहुमतले पारित गरेको हो । सत्तारुढ दलका सदस्यहरूले बजेट पारित गर्नका लागि सहमति जनाएका थिए ।

बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार साहीले बजेटसम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र स्वतन्त्र सांसदको अनुपस्थित रहेको थियो भने प्रतिपक्ष बेन्चमा राप्रपाका सदस्य मात्र उपस्थित थिए । बजेटमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका गरी पक्षमा ३९ सांसद र प्रतिपक्ष दल राप्रपाका एक सांसदले विपक्षमा मत दिएका थिए । एक जना स्वतन्त्र सांसद र प्रतिपक्षी दल नेकपा एमालेका सांसद उपस्थित भएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७