महोत्तरीमा एक मिटरब्याजी पक्राउ


११ श्रावण २०८०, बिहीबार
pakrau
सांकेतिक तस्वीर

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका–६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साह पक्राउ परेका छन् । मिटरब्याजी रघुवीर साहका छोरा समेत रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा भएको छलफलमा विवाद गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो । कार्यालयमा अनुचित लेनदेन कार्यदलले छलफल गरेको थियो । जिल्ला प्रशासन कार्यालयमा उनी र उनका बुबाविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७