अंश विवादले आफन्तबाटै ३३ बर्षीया मञ्जुको हत्या, चार आरोपी पक्राउ


१५ श्रावण २०८०, सोमबार
mmmm scaled 1

कैलाली । कैलालीमा एक जना महिलाको हत्या आरोपमा तीन महिलासहित चार जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका–४ भल्का बस्ने मञ्जु रावलको हत्या आरोपमा तीन महिला र एक युुवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले पक्राउ पर्नेमा भल्का बस्ने ४० वर्षीया गोमा रावल, वर्षा रावल, २४ वर्षीय भरत रावल र अछामको पञ्चदेवल विनायक नगरपालिका–६ तोली बस्ने ३७ वर्षीया सरिता रावल रहेको जानकारी दिए ।

प्रहरीका अनुसार मृतक मञ्चु र गोमा नातेदार हुन् । उनीहरूबीच जग्गासम्बन्धी अंश विवाद रहेका कारण योजनाबद्ध रुपमा हत्या भएको खुुलेको डीएसपी चन्दले बताए । मृतक रावलका छोरा विवेकले गत जेठ २५ गते वकिललाई भेट्न गौरीगंगा नगरपालिकाको मसुरिया जान्छु भनी हिँडेकी आमा घर नफर्किएको र मोबाइल समेत बन्द रहेको हुँदा खोज तलास गरी पाँऊ भनी असार १ गते प्रहरीमा निवेदन दिएका थिए । अनुसन्धानका क्रममा प्रहरीले मञ्जु रावलको हत्या भएको निष्कर्षसहित उनीहरु चार जनालाई पक्राउ गरेको थियो ।

साउन १४ गते प्रतिवादी सरिता रावलले मञ्जुको हत्या गरेर शव मोहन्याल गाउँपालिका–५ को बाँसघारी सामुदायिक वनको सेतीखोर खोला नजिकै खोल्सामा ढुङ्गामुनि च्यापेर राखेको बयान दिएकी थिइन् । सोही आधारमा प्रहरीले उनलाई घटनास्थल लगेको थियो । उनले भनेकै स्थानमा शव टुक्राटुक्रा भएको अवस्थामा फेला परेको र गुलाबी रंगको कुर्ता सुुरुवालले मृतकको पहिचान भएको प्रहरीले जनाएको छ । चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७