संसद नचल्नु, बार्गेनिङ मात्रै चल्नु दुःखद : रवि लामिछाने


२२ श्रावण २०८०, सोमबार
rabi lamichhane 3
फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् नचल्ने र बार्गेनिङ मात्रै चल्ने भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । कैयौँ कानुन बनाउनुपर्ने र कैयौँ संशोधन गर्नुपर्ने तथा जनसरोकारका कैयौँ मुद्दामा छलफल गरेर निर्णय गर्नुपर्नेमा संसदमा बार्गेनिङ चलिरहेको उनको आरोप छ । उनले संसद् चल्दैन, बार्गेनिङ मात्रै चल्छ भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

यस्तै रास्वपाकै सांसद डा. तोसिमा कार्कीले संसद् चल्न नदिनु भनेको सरकारले गरेका गलत कामको समर्थन गर्नु भएको दाबी गरेकी छन् । सरकारलाई प्रश्न सोध्ने थलो संसद समेत चल्न नदिएर एमालेले सरकारलाई सजिलो बनाइ दिएको कार्कीको भनाइ छ । एमालेले संसद् चल्न नदिएर सांसदको समयको बर्बाद गरेको, नागरिकको करको दुरुपयोग भएको र प्रश्न सोध्न पाउने अधिकारकै हनन भएको उनले बताएकी छन् ।

राजस्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको एक क्वीन्टल सुन बरामद गरेको थियो । यही सुनकाण्डमा सरकारले मात्रै छानबिन गरेर सम्भव नभएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरेरै अनुसन्धान गर्नुपर्ने माग गरेर एमालेले यही साउन १० गतेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पार्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७