भित्री बस्त्रमा २८ तोला सुन बोकेकी महिला पोखरा बसपार्कबाट पक्राउ


२५ श्रावण २०८०, बिहीबार
Gold baramad

पोखरा । पोखरामा करिब २८ तोला सुनसहित एक महिला पक्राउ परेकी छन् । काठमाडौंबाट बस चढेर पोखरा उत्रेकी झापा बिर्तामोड नगरपालिका– १ घर भएर हाल काठमाडौं जोरपाटी बस्ने ४५ वर्षीषा कल्पना गुरुङलाई प्रहरीले २८ तोला विस्कुट आकारको सुनसहित पक्राउ गरेको हो ।

उनको साथबाट छातीमा सेतो टेपले बेरेर भित्री बस्त्रमा लुकाएको अवस्थामा सुन जस्तो देखिने पहेँलो बिस्कुट आकारको धातु र औँठी बरामद भएको हो । बरामद सुनको अन्दाजी तौल २८ तोला रहेको बताइएको छ । डीएपी जोशीका अनुसार महिलाले प्रारम्भिक बयानका क्रममा काठमाडौंको एक व्यक्तिले निश्चित रकम दिएर सुन पोखरा लैजान भनेको र सोहीअनुसार आफू सुन बोकेर पोखरा आएको बताएकी छन् ।

‘पोखरा पुगेपछि एउटा फोन आउँछ, उसैलाई सुन दिनू भनेका थिए’, ती महिलालाई उधृत गर्दै डीएसपी जोशीले भने, ‘हामीले फोन कु¥यौं तर ती महिलाको मोबाइलमा फोन चाहिँ आएको छैन । अब हामी यो धातु राजश्व अनुसन्धान विभागलाई सुम्पन्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७