सुन तस्करी प्रकरण : व्यापारी राकेश अडुकियाका छोरा रोहन विमानस्थलबाटै पक्राउ


२६ श्रावण २०८०, शुक्रबार
airport

काठमाडौं । व्यापारी राकेश अडुकियाका छोरा रोहन अडुकिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
भारतको नयाँदिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौं आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको त्रिभुवन विमानस्थलका डीआईजी अर्जुन चन्दले जानकारी दिएका छन् ।

पक्राउ परेका उनलाई अध्यागमन विभागले राजश्व अनुसन्धान विभागमा बुझाइएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको १०० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा मारेको थियो । यो प्रकरणमा २३ जना पक्राउ परिसकेका छन् । शुक्रबारै यो प्रकणमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका थिए । यो प्रकरणको अनुसन्धान प्रहरीको सीआईबीले गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७