गुल्मी मुसिकोट नगरपालिका वडाध्यक्ष जंगलमा मृत फेला


२ भाद्र २०८०, शनिबार
Mohan ghimire

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत फेला परेका छन् । बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले जानकारी दिए । वडाअध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन । मलाई माफ गरे । घर परिवार, साथीभाइ शुभचिन्तक सबैसँग माफी चाहन्छु । अल बिदा ।’ भनेर स्टाटस लेखेका छन् ।

शुक्रबार अपराह्न घरबाट वडाको काममा निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको छ । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन् । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको प्रहरी उपरीक्षक प्रधानले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७