माधव नेपाल युरोपबाट फर्किएपछि पहिलो पटक बस्यो सचिवालय बैठक


२ भाद्र २०८०, शनिबार
Samajbadi
फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा केन्द्रीय सचिवालय शनिबार अपरान्ह केन्द्रीय सचिवालय बैठक बसेको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संगठन सुदृढीकरण अभियान लगायतका विविध कार्ययोजनामा छलफल हुने बताएको छ । अध्यक्ष माधवकुमार नेपाल युरोप भ्रमणबाट फर्किएपछि पहिलोपल्ट सचिवालय बैठक बसेको हो ।
युरोप भ्रमणमा गए लगत्तै अध्यक्ष नेपालमाथि पनि अनुसन्धानको बाटो खुला गर्ने गरी सर्वोच्च अदालतले आदेश दिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोधपुछ समेत नगरी मुद्दाको फाइल सरकारी वकिलकहाँ बुझाउने तयारी गरेको छ । नेपालमाथि उठेको यो प्रश्नबारे आजको बैठकमा छलफल हुने बुझिएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक पटक संसदमा गर्दै आएको अवरोध अन्त्यका लागि खेल्नुपर्ने भूमिकाका विषयमा पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन् । विमानस्थल परिसरबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा एमालेले गत १० साउनदेखि संसद् बैठकमा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७