आईएसएफ यु–१५ जिम्न्यासाइडमा निश्चित कार्कीले जिते स्वर्ण


६ भाद्र २०८०, बुधबार
nischit karki

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आईएसएफ यू–१५ जिम्न्यासाइडमा स्वर्ण पदक जितेका छन् । ब्राजिलको रियो डि जेनेरियोमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबर भएको कलरवेल्ट पुम्सेको फाइनलमा उनले आयोजक ब्राजिलका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।

निश्चितले फाइनलमा १० अंकको खेलमा ७.४ अंक जोड्दा प्रतिद्वन्दी बाजिलका खेलाडीले ७.१ अंक मात्र प्राप्त गर्न सके । यसअघि निश्चितले सेमिफाइनलमा मेक्सिकोका खेलाडीलाई हराएका थिए । मेक्सिकोका खेलाडीले ६.८ अंक जोड्दा निश्चितले ७.४ अंक प्राप्त गरेका थिए ।

मंगलबार भएको गर्ल्स थ्री अन थ्री बास्केटवलमा नेपाली टोलीले अंगोलालाई १५–० ले पराजित गरेको छ । सो खेलमा नेपालकी आर्या पौडेलले सर्वाधिक ५ अंक जोडिन् । आर्या सहित ओजोस्वी श्रेष्ठ, आरुशा शाक्य र संयमी घिमिरेले प्रतिस्पर्धा गरेका थिए । जितसँगै ११ राष्ट्रले प्रतिस्पर्धा गरेको गर्ल्स वास्केटबलमा नेपालले नवौं स्थानमा रह्यो ।

ब्वाइज थ्री अन थ्री वास्केटबलमा नेपाल ‘ए’ ले ब्राजिललाई ७–६ स्कोरले तथा मेक्सिकोलाई १०–६ ले हरायो । अर्को खेलमा भने कोस्टारिकासँग ९–८ ले पराजित हुनपुग्यो । ब्वाइज नेपाल ‘बी’ भने ब्राजिलसँग ११–८ पराजित भयो । भदौ १० सम्म सञ्चालन हुने प्रतियोगितामा ४४ राष्ट्रका २ हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालबाट पाँचवटा खेल बक्सिङ, पौडी, तेक्वान्दो, टेबल टेनिस र बास्केटबलमा २१ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस महासंघ (आईसी)को आयोजनामा हरेक दुई वर्षमा आयोजना हुने यो १५ वर्ष उमेर समूहको ‘मिनी ओलम्पिक’ प्रतियोगिता हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७